नुवाकोटबाट कलकत्ता पुर्‍याएर मृगौला बेचिदिने दर्जी पक्राउ

काठमाडाैं | पुस १८, २०८०

नुवाकोटबाट कलकत्ता पुर्‍याएर मृगौला बेचिदिने दर्जी पक्राउ

काठमाडौं:  मानव अंग मृगौला बेचबिखन कार्यमा संलग्न रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नागरपालिका–१३ का ४३ वर्षीय हरी नेपाली भनिने हरी दर्जी रहेका छन् ।

 

उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरी टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । 

 

दर्जीले पीडितलाई भारतको कलकत्तामा म:म पसलमा मासिक ३० हजार भारतीय रूपैयाँ तलबमा काममा लगाईदिने प्रलोभनमा पारेर भारत लगेका थिए ।

 

ति पीडितलाई नुवाकोटबाट काकडभिट्टा हुँदै भारत कलकत्ताको अस्पताल पुर्‍याएर बेहोस पारी मृगौला झिकेर अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेर फरार थिए ।

 

अस्पतालमा बेहोस पारेर अर्कै व्यक्तिलाई मिर्गौला प्रत्यारोपण गरी पिडीतलाई ६ लाख दिएपछि मात्र पीडितले आफ्नो मिर्गौला बेचिएको थाहा पाए। पीडितले बाँदरे भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएका थिए।

 

त्यसपछि प्रहरीले पाएको सूचनाको आधारमा फरार रहेका दर्जीलाई खोजतलास गरेको थियो । 

 

हाल पक्राउ परेका दर्जीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्